२०८१ कार्तिक ७ गते ७:३६ विकासन्युज
काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा साढे १ अर्ब नाफा गरेको छ । बैंकको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार कुल १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको हो ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा २३.३६ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा गरेको हो ।
यो अवधिसम्म बैंकको १ अर्ब ९१ करोड रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ७.८४ प्रतिशत बढेको छ ।
यो अवधिमा बैंकको नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३.३ रुपैयाँ बढेर १६ रुपैयाँ ७४ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २० पैसा रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.