नबिल बैंकको नाफा ४० प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा ५ अर्ब

  २०८१ कार्तिक ७ गते ११:२१     विकासन्युज

काठमाडाैं । नबिल बैंकले २ अर्ब बढी नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको हो ।

जुन नाफा गत आवको सोही अवधिको तुलनामा ४० प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको हो ।

यस्तै, बैंकले १० अर्ब ८१ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । बैंकको वितरणयोग्य नाफा करिब ५ अर्ब अर्थात् ४ अर्ब ९८ करोड १२ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा वितरणयोग्य नाफा ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ थियो ।

बैंकको प्रतिसेयर आम्दानी २९.८३ रुपैयाँ र खराब कर्जा ४.२४ प्रतिशत छ । बैंकको सञ्चालन नाफा बढेर २ अर्ब ८९ करोड ३४ लाख रुपैयाँ कायम भएको छ ।

यस्तै, बैंकको कर्जा लगानी र निक्षेप संकलन बढेको छ । बैंकको कर्जा बढेर ३ खर्ब ८१ अर्ब २८ करोड ९० लाख र निक्षेप ४ खर्ब ७९ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.