नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा अर्ज्याल नियुक्त

  २०८१ कार्तिक ७ गते १२:२७     विकासन्युज

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा मणिकुमार अर्ज्याल नियुक्त भएका छन् ।

कार्तिक ७ गते बसेको संस्था सञ्चालक समितिको बैठकले रिक्त रहेको अध्यक्ष पदमा अर्ज्याललाई नियुक्त गर्ने निणर्य गरेको हो ।

‘उपरोक्त सम्बन्धमा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त रहेको अध्यक्ष पदमा मिति २०८१ /०७/ ०७ गते बिहान बसेको ३५३ औं सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य श्री मणिकुमार अर्ज्यालज्यू मिति २०८१ /०७/ ०७ गते देखि लागु हुने गरी सञ्चालक समिति अध्यक्ष पदमा नियुक्त गरेको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु,’ नेप्सेले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.