एनएलजी इन्स्योरेन्सको साधारणसभा सम्पन्न, हकप्रद प्रस्ताव पारित

  २०८१ कार्तिक ७ गते १५:५०     विकासन्युज

काठमाडौं । एनएजली इन्स्योरेन्स कम्पनीको साधारणसभा बुधबार सम्पन्न भएको छ ।

बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा सम्पन्न भएको सभाले चुक्ता पूँजीको १० सेयर बराबर ६.२५६ सेयर अनुपात अर्थात् ६२.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

हकप्रदको प्रस्ताव पारित भएसँगै कम्पनीले अब यसका आधारभूत पक्षहरूको कामलाई निरन्तरता दिने जनाइएकाे छ ।

कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्‍याउनका लागि हकप्रद सेयर निष्काषन गर्न लागेको हो ।

कम्पनी सञ्चालक समितिको भदौ २४ गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को बोनस सेयर वितरण कायम हुने चुक्तापुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८.९७ रुपैयाँको ६२.५६ प्रतिशत अर्थात १००ः६२.५६ अनुपातमा हकप्रद सेयर निष्काषन गर्ने निर्णय गरेको थियो ।

एनएलजीको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल मार्केट रहेको छ । साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २२ गते बुक क्लोज गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.