संसारको सबैभन्दा महंगो क्लब ‘यलाेस्टोन’, मेम्बरसीपका लागि तीन लाख अमेरिकी डलर डिपोजिट गर्नुपर्ने

  २०८१ कार्तिक ७ गते १६:३४     विकासन्युज

काठमाडौं । तपाईंले संसारको सबैभन्दा महँगो घर, सबैभन्दा महँगो कारको बारेमा सुन्नु भएको होला । के तपाईंले संसारको सबैभन्दा महँगो क्लबको बारेमा सुन्नुभएको छ ? यो क्लब अमेरिकामा छ । येलोस्टोन नामको यो क्लब विश्वको सबैभन्दा महँगो क्लब हो ।

यस क्लबमा संसारभरका ८०० भन्दा बढी अरबपतिहरूको लागि घर छन् । यसका सदस्यहरूमा मार्क जुकरबर्ग, बिल गेट्सकी पूर्वपत्नी मेलिन्डा आदि छन् । क्लबमा रमणीय स्थल, खाना र पेय पदार्थका साथै अनेकन विलासी सुविधाहरू छन् । यसमा विश्वको एकमात्र निजी स्की र गल्फ समुदाय छ ।

सदस्यहरू कोकाे ?

यो क्लब अमेरिकाको मोन्टाना राज्यको येलोस्टोन राष्ट्रिय निकुञ्जबाट करिब ८० किलोमिटर टाढा छ । क्लबमा जम्मा ८८५ अर्बपतिको घर छ । क्लबमा फेसबुकका मार्क जुकरबर्ग, माइक्रोसफ्टका बिल गेट्सकी पूर्वपत्नी मेलिन्डा फ्रेन्च गेट्स, गुगलका पूर्व सीईओ एरिक स्मिट, गोप्रोका अर्बपति संस्थापक निक वुडम्यान, पप स्टार जस्टिन टिम्बरलेकलगायत रहेका छन् ।

के छ खास विशेषता ?

यो क्लब स्की र गल्फका लागि परिचित छ । यहाँ धेरै ठूला पहाडहरू छन् । यसबाहेक यहाँ नदीहरू पनि बग्छन् । जाडो, गर्मी र वर्षायामअनुसार यहाँ विभिन्न गतिविधि हुने गर्दछन् । यहाँ बनेका घरमा धेरै अरबपतिहरू पनि स्थायी रूपमा बस्छन् । धेरै मानिसहरू यहाँ छुट्टी मनाउन मात्र आउँछन् ।

पूल र फिटनेस केन्द्र पनि

यस क्लबमा स्वीमीङ र फिटनेस सेन्टर पनि छ । यहाँ विवाह, पार्टी, कार्यक्रम वा निजी कार्यक्रमको लागि छुट्टै ठाउँ छ । यसलाई ‘द बार्न’ नाम दिइएको छ । यसको गोल्फ कोर्स क्षेत्र २ हजार ८ सय वर्ग फिटमा फैलिएको छ । स्कीका लागि २ हजार ९ सयभन्दा बढी क्षेत्रहरू छन् । यी बाहेक यहाँ बसोबास गर्नेका लागि धेरै प्रकारका साहसिक गतिविधिहरू पनि आयोजना गरिन्छ ।

यस क्लबकाे मेम्बरसिपका लागि ३ लाख अमेरिकी डलर डिपाेजिट गर्नुपर्छ भने वार्षिक रूपमा ३६ हजार डलर तिर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.