राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओ बन्न ४ जनाको आवेदन, को-को छन् आकांक्षी ?

  २०८१ कार्तिक ८ गते १२:४७     विकासन्युज

काठमाडाैं ।  राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ४ जनाको मात्रै आवेदन परेको छ । आवेदन दिने अन्तिम मिति कार्तिक ६ गतेसम्म ४ जनाको मात्रै आवेदन परेको कम्पनीले जनाएको छ ।

सीईओका लागि आवेदन दिनेहरूमा महेश रिमाल, सुवास कोइराला, रामनाथ यादव र बुद्धकाजी श्रेष्ठ रहेका छन् ।

जसमध्ये रिमाल हाल कम्पनीको कार्यवाहक सीईओ हुन् । चार्टर्ड एकाउण्टेन्टसमेत रहेका रिमाल विगत २ दशकदेखि सोही कम्पनीमा कार्यरत रहेका छन् । २०८० कार्तिकमा तत्कालीन बीमा संस्थान कम्पनीमा परिणत भएको थियो । कम्पनीमा परिणत भएसँगै रिमालले कार्यवाहक सीईओको भूमिका निर्वाह गर्दै आएका छन् ।

कोइराला पनि सोही कम्पनीको बीमा विज्ञको रूपमा काम गरिसकेका व्यक्ति हुन् । उनी म्यानेजमेन्ट एशोसिएसन अफ नेपाल (म्यान)का कार्यकारी निर्देशकसमेत हुन् । उनले तत्कालीन बीमा संस्थामा बीमा विज्ञको रूपमा जोडिनुअघि तत्कालीन सूर्य लाइफमा डेपुटी म्यानेजरको रूपमा करिब ४ वर्ष काम गरेका थिए । सन् २०१६ देखि २०१९ सम्म उनी सूर्य लाइफमा थिए । २०१९ देखि २०२२ सम्म उनले तत्कालीन बीमा संस्थान (हाल राष्ट्रिय जीवन बीमा कम्पनी) मा बीमा विज्ञको रूपमा काम गरे ।

बुद्धकाजी श्रेष्ठ तत्कालीन लुम्बिनी जनरल ईन्स्योरेन्सको उच्च व्यवस्थापक तहका कर्मचारी हुन् । हाल उनी सर्भेअर पेशामा आवद्ध छन् । उनीसँग बीमा क्षेत्रको २ दशक बढीको अनुभव रहेको छ ।

कम्पनीले असोज १६ गते सीईओको आवेदन माग गर्दै सूचना जारी गरेको थियो । उक्त सूचनाअनुसार २१ दिनभित्र आवेदन दिनुपर्ने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.