२०८१ कार्तिक ८ गते १३:३५ विकासन्युज
काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवाले फोनपाेइन्टसँग सहकार्य गरेकाे छ ।
एकीकृत गरिएका लाेयल्टी पाेइन्ट्स प्रयोग गरी विभिन्न अफर संकलन र उपभोग गर्ने प्रक्रियाहरूलाई सरल बनाउने यस साझेदारीको लक्ष्य रहेको छ ।
फाेनपाेइन्ट एक एकीकीत लाेयल्टी म्यानेजमेन्ट प्लेटफर्म हो जसद्वारा व्यवसायहरूले आफ्ना प्रयोगकर्तालाई विविध प्वाइन्ट र अफर प्रदान गर्दै अद्भूत व्यवसायिक अनुभव प्रदान गर्नसक्छन् ।
प्रयोगकर्ताहरूले आफ्नो संलग्नता रहेको विभिन्न वित्तीय कारोबारबाट आर्जन गरेको पाेइन्टसलाई एकै ठाउँबाट सजिलै हेर्न र आफ्नो इच्छाअनुसार व्यवस्थापन गर्न फाेनपाेइन्टमा सकिने छ ।
नेपालमा डिजिटल कारोबारलाई सहज गर्दै प्रयोगकर्ताको अनुभवलाई थप गुण्स्तरीय बनाउने लक्ष्यका साथ इसेवाले फाेनपाेइन्ट्ससँग सहकार्य गरेकाे हाे । अझ बढी डिजिट कारोबार गर्न प्रोत्साहन गर्ने लक्ष्यसहित सहकार्य भएकाे हाे ।
इसेवा नेपालकै पहिलो डिजिटल वालेट हो, जसले अनलाइन भुक्तानी, रकम पठाउने, मोबाइल रिचार्ज, र युटिलिटी बिल भुक्तानी जस्ता सेवा प्रदान गर्दछ ।
फाेनपाेइन्ट नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक हो, जसले अनलाइन र अफलाइन दुवै भुक्तानीका लागि नवीन समाधानहरू प्रदान गर्दछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.