साहस ऊर्जाको अध्यक्षमा पाठक सर्वसम्मत, हकप्रद सेयर ल्याउने

  २०८१ कार्तिक ८ गते १३:५७     विकासन्युज

काठमाडौं । साहस ऊर्जा लिमिटेडको अध्यक्षमा हिमप्रसाद पाठक सर्वसम्मत रूपमा चयन भएका छन् ।

कम्पनीको कात्तिक ४ गते सम्पन्न भएको वार्षिक साधारणसभाले गठन गरेको सञ्चालक समितिले पाठकलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

कम्पनीको कात्तिक ४ गते वार्षिक साधारणसभा भएको थियो । सो सभाले सञ्चालक समितिका जेष्ठ सदस्य मुक्तिराम पाण्डेको अध्यक्षमा समिति गठन गरेको थियो । त्यसपछि पाण्डेको अध्यक्षतामा कात्तिक ७ गते बसेको बैठकले पाठलाई अध्यक्ष बनाएको हो ।

कम्पनीले आफ्ना लगानीकर्तालाई वितरण गर्ने लाभांश र हकप्रद सेयर ल्याउने पारित गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.