बजाजले ल्यायो मोटरसाइकल एक्सचेन्ज अफर, जुनसुकै ब्रान्डका मोटरसाइकलसँग साटफेर गर्न सकिने

  २०८१ कार्तिक ८ गते १८:३५     विकासन्युज

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाइकल एक्सचेन्ज अफर सार्वजनिक गरेकाे छ ।

यस योजनाअन्तर्गत जुनसुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाइकल साटासाट गर्न सकिनेछ ।

एक्सचेन्ज अफरमा तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथसाथै यस कार्यक्रमअन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरूलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्रीहरू उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।

यो योजना यही कार्तिक ८ गतेदेखि सुरु भएकाे छ ।

हंसराज हुलास चन्द एण्ड कम्पनी प्रा.लि का निर्देशक श्री अभिमन्यु गोल्छाले ग्राहककाे आवश्यकतालाई ध्यानमा राख्दै याे याेजना सुरु गरेकाे जानकारी दिए ।

भण्डै ८० भन्दा धेरै देशमा बजाजले लोकप्रियता हासिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.