नेशनल लघुवित्तको लाभांश घोषणा, १४.२५ प्रतिशत बोनस सेयर दिने

  २०८१ कार्तिक ९ गते १२:२६     विकासन्युज

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हाे ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १४.२५ र कर प्रयोजनका लागि नगद ०.७५ प्रतिशत रहेको जनाइएकाे छ ।

उक्त प्रस्ताव पहिला नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारणसभाले पारित गर्नेछ अनि सेयरधनीले पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.