टेस्लाको सेयरमूल्य बढ्यो, एलन मस्कले एकैदिन कमाए ३३.५ अर्ब डलर-

  २०८१ कार्तिक ९ गते १३:५२     विकासन्युज

एलाेन मस्क

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको सम्पत्ति बिहीबार ३३.५ अर्ब डलर  (करिब ४५ खर्ब  नेपाली रूपैयाँ) ले बढेको छ । योसँगै मस्कको कुल सम्पत्ति २ सय ७० अर्ब डलर पुगेको छ ।

मस्कको इलेक्ट्रिक कार निर्माण कम्पनी टेस्लाको सेयर २२ प्रतिशतले बढेको छ, जुन सन् २०१३ यताको एक दिनमा सबैभन्दा राम्रो प्रदर्शन हो ।

तेस्रो त्रैमासिकको नतिजापछि कम्पनीको सेयरमूल्य बढेको हाे । यस कम्पनीमा मस्कको १३ प्रतिशत सेयर छ । मस्कको कुल सम्पत्तिमा टेस्लाको हिस्सा करिब तीन चौथाई छ ।

टेस्लाबाहेक मस्कको स्पेस एक्स, एक्स (पूरानाे ट्वीटर), एआई भेन्चर एक्सएआईमा पनि हिस्सेदारी छ । यस वर्ष मस्कको कुल सम्पत्ति ४१.२ बिलियनले बढेको छ ।

विश्वका धनी व्यक्तिको सूचीमा अमेजनका संस्थापक जेफ बेजोस २०९ अर्ब डलरको सम्पत्तिका साथ दोस्रो स्थानमा छन् । फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्ग (२०१ बिलियन डलर) सहित यो सूचीकाे तेस्रो स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ७२.९ बिलियनले बढेको छ ।

एनभीडीयाका जेन्सेन हुवाङ यस वर्ष सबैभन्दा बढी कमाइ गर्नेमा सबैभन्दा अगाडि छन् । यस वर्ष उनको कुल सम्पत्ति ७८.६ बिलियनले बढेको छ । उनी १२३ अर्ब डलरको सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा ११ औं स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.