कलंकीको भाटभटेनीमा काठमाडौं महानगरको डोजर

  २०८१ कार्तिक ९ गते १८:११     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरले कलंकीस्थित भाटभटेनीमा डोजर चलाएको छ । महानगरले चक्रपथको जग्गा मिचेको भन्दै शुक्रबार दिउँसो डोजर चलाएको हो ।

महानगरले भाटभटेनीको चक्रपथतर्फ रहेको कम्पाउन्ड सबै भत्काएको हाे ।

चक्रपथको ‘राइट अफ वे’ क्षेत्र भाटभटेनीले प्रयोग गरेको भन्दै महानगरले हटाउन आग्रह गरेकाे थियाे । उक्त आग्रह भाटभटेनीले अटेर गरेपछि डोजर चलाइएकाे हाे ।

महानगरले सार्वजनिक जग्गा अतिक्रमित गरी बनाएकाे दुईवटा शौचालय पनि भत्काएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.