ग्लोबल आइएमई बैंकले पायो वर्ल्ड बेष्ट बैंक अवार्ड २०२४

  २०८१ कार्तिक ११ गते ६:१५     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले वर्ल्ड बेष्ट बैंक अवार्ड २०२४ प्राप्त गरेको छ । उक्त अवार्ड ग्लोबल फाइनान्स म्यागजिनले प्रदान गरेको हो ।

उक्त अवार्ड बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले शनिवार अमेरिकामा ग्रहण गरे । ग्लोबल फाइनान्सले विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूलाई विभिन्न विधामा अवार्ड दिने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

‘ग्लोबल फाइनान्स म्यागेजिनले विश्वका उत्कृष्ट बैंकहरूमध्येबाट प्रदान गर्ने वर्ल्ड बेष्ट बैंक अगार्ड-२०२४ बाट ग्लोबल आइएमई बैंकलाई विभूषित गरेकोमा निकै खुसी लागेको छ । ग्लोबल आइएमई बैंकका लागि यो धेरै ठूलो र ‘ग्लोबल’ पहिचान हो । यो अवार्डले ग्लोबल आइएमई बैंक मात्र नभएर नेपालको बैंकिङ तथा समग्र वित्तीय क्षेत्रलाई अझ उच्चस्तरीय सेवा प्रदान गर्न थप प्रोत्साहित गरेको छ, ’ अवार्ड प्राप्त गरेपछि बैंकका अध्यक्ष ढकालले भने ।

‘यो उपलब्धि हामी सबैको लागि प्रेरणा हो । यसले हामीलाई अझ रचनात्मक र उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गर्नेछ,’ उनले थपे, ‘आगामी दिनहरूमा पनि अझै जिम्मेवार भई उच्चस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता छ ।’

बैंकको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, तथा ग्राहक केन्द्रित सेवाहरुको निरन्तर विकासले यो उपलब्धि प्राप्त गर्न सफल भएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.