९ अङ्कले घट्यो सेयर बजार, ४ अर्ब ७३ करोडको सेयर किनबेच

  २०८१ कार्तिक ११ गते १५:४९     विकासन्युज

काठमाडौं । साताको पहिलो काराेबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) घटेकाे छ । नेप्से ९.१९ अङ्कले घटेकाे हाे । आज सेयर बजार ०.३४ प्रतिशतले घटेको हो । यससँगै नेप्से परिसूचक २६१८ बिन्दुमा झरेको छ ।

आज ९१ कम्पनीको सेयर बढ्दा १४१ वटाको मूल्य घटेको छ । ११ वटाको मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।

४ अर्ब ७३ करोड २४ लाख ८७ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएकाे छ । १ करोड ११ लाख कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन, रिभर फल्स पावर, मैलुङ खोला हाइड्रोपावरको सेयर १० प्रतिशतले र समृद्धि फाइनान्स ९.९९ प्रतिशत तथा कालिञ्चोक दर्शन लिमिटेडको सेयर ९.७७ प्रतिशतले बढेको छ ।

नेपाल एसबीआई (–६.७९ प्रतिशत), प्राइम कमर्सियल बैंक (–४.१७ प्रतिशत), रावा इनर्जी (–४.०३ प्रतिशत), आईसीएफसी फाइनान्स (–३.८३ प्रतिशत)को सेयर मूल्यमा भने गिरावट आएको छ ।

कारोबारतर्फ आईसीएफसी फाइनान्सको सर्वाधिक ३२ करोड ६४ लाख, नेपाल एसबीआई बैंकको २१ करोड ६२ लाख, सीईडीबी हाइड्रोपावरको १८ करोड, नेपाल फाइनान्सको १८ करोड र समृद्धि फाइनान्सको पनि १८ करोडबराबरको सेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.