बिजुली काटिएका उद्योगी भन्छन्- प्राधिकरणले प्रमाण देओस्, हामी भुक्तानी गर्छौं

  २०८१ कार्तिक ११ गते १८:५४     विकासन्युज

काठमाडौं । उद्योगी व्यवसायीहरूले डेडिकेटेट र ट्रंक लाइनको बिजुली बालेको प्रमाण नेपाल विद्युत प्राधिकरणले दिए रकम भुक्तानी गर्ने बताएका छन् । बक्यौता रकम भुक्तानी नगरेको भन्दै प्राधिकरणले केही उद्योगकाे बिजुली काटेपछि यस्तो बताएका हुन् ।

आइतबार पत्रकार सम्मेलन गरेर प्राधिकरणले डेडिकेटेट र ट्रंक लाइनको बिजुलीको महसुलको प्रमाण दिए आफूहरू रकम भुक्तानी दिन तयार रहेको उल्लेख गरेका थिए ।

सिमेन्ट उद्याेग संघका पूर्वअध्यक्ष ध्रुव थापाले प्राधिकरणले प्रमाण दिए आफूहरू बक्यौता भुक्तानी दिन तयार रहेको बताउँदै भने, ‘बिजुली बालेको प्रमाण प्राधिकरणले दिए हामीले भुक्तानी दिन्छाैं । प्राधिकरणले पहिला प्रमाण दे‌ओस् ।’

कुनै पनि दुई पक्षबीच व्यापारको सम्झौता हुने बताउँदै उनले प्राधिकरण र उद्याेगबीचकाे सम्झौताको प्रमाण पनि उपलब्ध गराउन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चुनाैती दिए ।

यस्तै, उद्याेग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुररकारले पनि प्राधिकरणले नबालेको बिजुलीको रकम माग गरेको भन्दै बालेको प्रमाण गर्न चुनौती दिए ।

उनले उद्याेगीहरूले सामान्य बिजुली बालेको र घिसिङले प्रिमियम रकम माग गरेको बताए ।

पत्रिकाकाे भित्री पेजमा विज्ञापन राखेर फ्रन्ट पेजको रेटअनुसार पैसा माग्न पाइन्छ ?भन्दै प्रश्नसमेत गरे ।

यस्तै, नेपाल उद्योग व्यवसायी महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले डेडिकेटेट र ट्रंक लाइन महसुल विवाद भएकाे १० वर्ष भयो भन्दै सरकारले चाँडै समाधान गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.