मुनलाइट हाइड्रोले १ अर्ब ७६ करोडको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज

  २०८१ कार्तिक १२ गते १०:४४     विकासन्युज

काठमाडौं । मुनलाइट हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ अर्ब ७६ करोड १ लाख ५ हजार रुपैयाँको १ करोड ७६ लाख १० हजार ५० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीको आईपीओ प्रक्रिया अघि बढाउन लक्ष्मी सनराइज क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयलाल श्रेष्ठ र मुनलाइट हाइड्रोपावरका सीईओ अनन्त कार्कीले आईपीओ निष्काशनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा निर्माणाधीन २२.१४ मेगावाट क्षमताको बलेफी—ए जलविद्युत आयोजनाको हाल ७० प्रतिशतभन्दा बढी कार्य सम्पन्न गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.