अपि पावरले अपार्टमेन्ट पनि बनाउने, सभाले अनुमोदन गर्यो ४ कम्पनीमा लगानी गर्ने प्रस्ताव

  २०८१ कार्तिक १२ गते १०:०९     विकासन्युज

काठमाडौं । अपि पावर कम्पनीको साधारण सभा आइतबार कार्तिक ११ गते सम्पन्न भएको छ ।

गौशालाको होटल क्रिष्टल पशुपतिमा आइतबार बसेको साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत छलफल गर्दै पारित गरेको छ ।

वार्षिक प्रतिवेदनको छलफल गर्दा अपि पावर कम्पनीको संस्थापक अध्यक्ष देखि अहिलेका प्राविधिक विश्लेषण हेर्दै लगानी गरिरहेका सेयरधनीले भाग लिएका थिए । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरुलाई सेयरधनीहरु सामु छलफल गर्दै पारित गरेको हो ।

सभाले विशेष प्रस्तावको रुपमा कम्पनीको आर्थिक वर्ष २०८०/०८१ सम्मको जगेडा कोष तथा सेयर प्रिमियमबाट प्राप्त मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.२६३२ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै यस अगाडी घोषणा भएको ९.५१३५ प्रतिशत बाट बाँकी रहेको ४.२५०३ प्रतिशतले हुने रकम कम्पनीको जगेडा कोष कायम रहने पनि कम्पनीका अध्यक्ष सिर्जना खड्काले सभालाई जानकारी गराएकी थिइन् ।

यस बाहेक सभाले लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण पनि गरेको छ ।

सभामा अपि पावरले सहायक कम्पनी अपि इन्फ्रा लिमिटेड कम्पनीमा १०० प्रतिशत सेयर स्वामित्व रहने गरी लगानी गर्ने प्रस्ताव अगाडी सारेका थिए । उक्त कम्पनीले ललितपुरको झम्सिखेलमा अवस्थित ४३ इकाई सहितको ९ तल्ले आवासीय भवन बनाउन कार्य अगाडी बढाइसकेको छ ।

यस बाहेक अपि पावरको बहुमत सेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गर्ने न्वागाड साना जलविद्युत आयोजना ९९.७ मेवा निर्माण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

तेस्तै ,अपि पावर कम्पनी लिमिटेडले सुदुर पश्चिम प्रदेशमा रहेको दार्चुला पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना ९२८.३ मेवा निर्माण गर्ने प्रस्ताव पनि सभाबाट अनुमोदन गराएको छ ।

यस बाहेक अपिको बहुमत लगानी रहेको सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड कम्पनीमा लगानी गरि माथिल्लो तादी खोला जलविद्युत आयोजना ९११ मेवा को निर्माण अन्तिम चरणमा रहेको र उक्त लगानी अनुमोदन गर्ने प्रस्ताव सभाले अनुमोदन गरिसकेको छ । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिसकेको छ ।

तेस्तै,कम्पनीले सर्वसाधारण सेयरधनीबाट ३ जना संचालकमा मधुसुदन कोइराला, संजिव न्यौपाने र दुवारिका न्यौपाने नियुक्त भएका छन् भने महिला संचालकमा सिर्जना खड्का नियुक्त भएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.