सिद्धार्थ व्यवस्थित लगानी योजनाको आकार डेढ अर्ब पुग्यो, एक वर्षपछि नै बहिर्गमन शूल्क छुट

  २०८१ कार्तिक १२ गते ११:३३     विकासन्युज

काठमाडौं । सिद्धार्थ व्यवस्थित लगानी योजनाको आकार १ अर्ब ५० करोड रुपैयाँ पुर्‍याइएको छ । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको सिद्धार्थ व्यवस्थित लगानी योजनाको आकार १ अर्ब ५० करोड रुपैयाँ पुर्‍याइएको हो ।

कोष प्रवर्द्धक सिद्धार्थ बैंक र योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल रहेको सिद्धार्थ व्यवस्थित लगानी योजना एक खुल्लामुखी सामूहिक लगानी कोष योजना हो । कम्पनीले विसं २०७८ असार १६ गते २० करोड रुपैयाँको आकारबाट सुरु भएको उक्त योजनाको आकार हाल ९८ करोड रुपैयाँ पुगेको जनाएको छ ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृत १ अर्बको आकारलाई गत असोज २२ गतेको पत्रबाट थप स्वीकृति प्राप्त भई १ अर्ब ५० करोड कायम गरिएको कम्पनीले जनाएको छ । साथै यस योजनाको इकाई बिक्री गर्दा खुद सम्पत्ति मूल्यमा कट्टा गरिने १.५ प्रतिशत बहिर्गमन शूल्क इकाई खरीद गरेको तीन वर्षपश्चात् मात्र छुट हुने व्यवस्थालाई संशोधन गरी एक वर्षपछि नै उक्त बहिर्गमन शुल्क छुट दिइने बताइएको छ ।

हालसम्म करिब १९ हजार इकाईधनीहरू यस योजनमा आवद्ध रहेको कम्पनीले जनाएको छ । असोजसम्म योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य ११.३० रुपैयाँ रहेको कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.