सिटिजन्स बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

  २०८१ कार्तिक १२ गते १२:५५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजङ्ग पाण्डेको अध्यक्षतामा सोमबार डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको हो ।

यस अवसरमा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात आव २०८०/८१ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरणहरू सभामा छलफल भई स्वीकृत भएको छ ।

सभाले आव २०८०/८१ को वितरणयोग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमा ४ प्रतिशतले हुन आउने ५६ करोड ८० लाख ३८ हजार ९६०.२३ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २ करोड ९८ लाख ९६ हजार ७८७.३८ रुपैयाँबराबरको नगद लाभांश छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.