२०८१ कार्तिक १२ गते १४:१२ विकासन्युज
काठमाडौं । के तपाईं गाडी चलाउँदा झ्यालको सिसा खोल्नुहुन्छ ? कार चलाउँदा मानिसहरू रहरले सिसा वा सनरुफ खोल्छन् तर के तपाईंलाई थाहा छ- त्यसो गर्नु घातक हुन सक्छ ? यदि तपाईंलाई थाहा छैन भने आज हामी तपाईंहरूलाई यसबारेमा संक्षिप्तरूपमा बताउन गइरहेका छाैं । यस्ताे बानीले तपाईंकाे कारको साथसाथै तपाईंको स्वास्थ्यका लागि पनि हानिकारक हुन सक्छ ।
कारकाे इन्धन खपतमा वृद्धि
गाडी चलाउने क्रममा कारको झ्याल खोल्दा हावा कारभित्र आउँछ र एयर ड्र्याग बनाउँछ । यो एयर ड्र्याग कम गर्न कारले कडा मेहनत गर्नुपर्छ र यसले इन्धन खपत बढाउँछ । झ्याल खोलेर चलाउँदा एसीको तुलनामा १० प्रतिशतसम्म इन्धन खपत बढ्न सक्छ । झ्यालहरू खुला राख्नाले गाडीभित्र धुलो र फोहोर पनि जम्मा हुन्छ ।
प्रदूषणको खतरा
जब तपाईं झ्याल तल राखेर कार चलाउनुहुन्छ तब तपाईं सिधै वायु प्रदूषणको सामना गर्नुहुन्छ । बाहिरी हावामा रहेको धुलोधुवाँ र हानिकारक ग्यासहरू तपाईंको शरीरमा प्रवेश गर्न सक्छन् । लामो समयसम्म प्रदूषित हावामा सास फेर्दा सास फेर्न समस्या, आँखा जलन र अन्य स्वास्थ्य समस्याहरू हुन सक्छन् । कारका झ्यालहरू खुला राख्नाले बाहिरी आवाज सिधै तपाईंको कानमा पुग्छ, जसले तपाईंको कानमा पनि क्षति पुर्याउन सक्छ ।
सुरक्षासँग सम्बन्धित खतराहरू पनि
झ्यालहरू खुला राख्दा चोरहरू सजिलै कारभित्र घुस्न सक्छन् । साथै झ्यालको सिसा खुलै राख्दा कारभित्र लामखुट्टे र अन्य कीरा पस्न सक्छन्, जसले समस्या निम्त्याउन सक्छ ।
तपाईं कारको झ्याल कुनबेला खुला राख्न सक्नुहुन्छ ?
छोटो दूरीमा यात्रा गर्दै हुनुहुन्छ भने झ्याल खोल्नु राम्रो हुन्छ । तर, काठमाडाैंदेखि भरतपुर अथवा पाेखरा जाँदै हुनुहुन्छ भने यस्तो गल्ती नगर्नूहोस्, किनकि प्रदूषण अत्यधिक छ ।
यदि तपाईं सफा हावा भएको क्षेत्रमा जाँदै हुनुहुन्छ भने तपाईं झ्याल खोलेर हिँड्न सक्नुहुन्छ । यदि तपाईंको कारको एसी बिग्रिएको छ भने पनि तपाईं झ्याल खोलेर हिँड्न सक्नुहुन्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.