२०८१ कार्तिक १२ गते १५:२१ विकासन्युज
काठमाडौं । साताको दाेस्राे कारोबार दिन आज (साेमबार) सेयर बजार परिसूचक नेप्से २७ अंकले वृद्धि भएको छ । बजार १७.४१ अंकले बढेर परिसूचक २ हजार ६४५.३६ अंकमा उक्लिएको छ ।
यस दिन १ करोड ४ लाख १८ हजार ९२६ कित्ता सेयर किनबेचबाट ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज २१३ वटा कम्पनीको मूल्य बढ्दा २८ कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।
आज दुईवटा कम्पनीको मूल्यमा सकरात्मक सर्किट लागेको छ । जानकी फाइनान्स कम्पनी र डोल्टी पावर कम्पनीको सेयर मूल्य समान १०.१० प्रतिशतले वृद्धि भएको छ । यसैगरी, रिभर फल्स पावरको मूल्य ९.५४ प्रतिशत, मेन्चीयाम हइड्रोपावरको मूल्य ९.१३ प्रतिशत र माया खोला हाइड्रोपावरको मूल्य ६.९९ प्रतिशतले वृद्धि भएको छ ।
आज पिपुल्स हाइड्रोपावर, कालिन्चोक दर्शन र समृद्धि फाइनान्सको सेयर मूल्य सर्वाधिक घटेको छ । यस दिन नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । नेपाल फाइनान्सको ३३ करोड ८० लाख रुपैयाको कारोबार हुँदा समृद्धि फाइनान्सको २४ करोड ७६ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.