३ महिनामा निर्जीवन बीमाको व्यापार साढे ११ अर्ब, कुन कम्पनीको कति ?

  २०८१ कार्तिक १२ गते १६:२३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा निर्जीवन बीमा कम्पनीको व्यापार साढे ११ अर्ब रुपैयाँभन्दा धेरै भएको छ । निर्जीवन बीमा कम्पनीहरूले चालु आवको ३ महिनामा ११ अर्ब ५७ करोड ३६ लाख रुपैयाँ भन्दा धेरै बीमाशुल्क संकलन गरेका छन् ।

हाल नेपालमा ४ वटा लघु निर्जीवन र १४ वटा जनरल इन्स्योरेन्स कम्पनी गरी जम्मा १८ वटा निर्जीवन बीमा कम्पनीहरू रहेका छन् । जसमध्ये सबैभन्दा धेरै व्यापार सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ४३ करोड ६३ लाख रुपैयाँको व्यवसाय गरेको छ ।

यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब १७ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने शिखर इन्स्योरेन्सले ३ महिनामा १ अर्ब १२ करोड रुपैयाँकोकुल बीमाशुल्क संकलन गरेको छ ।

यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९१ करोड ८७ लाख, आइजीआई प्रुडेन्सियलले ९० करोड ९ लाख, नेको इन्स्योरेन्सले ८९ करोड ७५ लाख, दी ओरिन्टल इन्स्योरेन्सले ८३ करोड ७६ लाख, एनएलजी इन्स्योरेन्सले ७५ करोड २२ लाख, नेपाल इन्स्योरेन्सले ६१ करोड ४५ लाख र यूनाईटेड अजोडले ६८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यसैगरी, सानिमा जीआईसी इन्स्योरेन्सले ५८ करोड ८९ लाख, राष्ट्रिय बीमा कम्पनीले ५८ करोड ३९ लाख, प्रभु इन्स्योरेन्सले ४७ करोड ७२ लाख र नेशनल इन्स्योरेन्सले ४१ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

लघु निर्जीवन बीमक

चारवटा लघु निर्जीवन बीमा कम्पनीले १८ करोड ५६ लाख रुपैयाँको व्यापार गरेका छन् । जसमध्ये नेपाल माइक्रोले ५ करोड ५० लाख, प्रोटेक्टिभ माइक्रोले ४ करोड ६१ लाख, स्टार माइक्रोले ४ करोड १८ लाख र ट्रस्ट माइक्रोले ४ करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

लघु बीमा कम्पनीले ३ महिनामा ६९ हजार ७९० वटा बीमालेख जारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.