२०८१ कार्तिक १३ गते १०:३० विकासन्युज
काठमाडौं । ज्योति विकास बैंकले ग्राहकहरूलाई ‘स्काईवाक नेपाल’ मा छुट प्रदान गर्ने सम्झौता गरेको छ । बैंकले काठमाडौंको कमलादीस्थित ‘स्काईवाक नेपाल’ मा २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो ।
सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका मार्केटिंग तथा ब्रान्डिङ विभागका प्रमुख कुशल जंग अधिकारी तथा स्काईवाक नेपालको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतापश्चात, ज्योति विकास बैंकका ग्राहकहरूले स्काईवाक नेपाल का भ्यू टावर भ्रमण गर्दा टिकट शुल्कमा आकर्षक छुट पाउनेछन् । छोटो समयमै अन्तरिक तथा बाह्य पर्यटकहरुको माझ प्रमुख भ्रमण गन्तब्य बन्न सफल स्काईवाक टावर काठमाडौंको दृष्यावलोकनको लागि उचित रहेको बैंकले जनाएको छ ।
बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.