मानुषी लघुवित्तको सञ्चालक बने सिलवाल

  २०८१ कार्तिक १३ गते ११:४३     विकासन्युज

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सीए कमलप्रसाद सिलवाल नियुक्त भएका छन् ।

कार्तिक १२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकको पदमा सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आगामी ४ वर्षका लागि उक्त पदमा नियुक्त गरिएको हो ।

‘उपरोक्त सम्बन्धमा यस मानुषी लघुवित्त वित्तीय संस्था सञ्चालक समितिको कार्तिक १२ गते बसेको ८७ औं बैठकको निर्णयअनुसार सीए कमलप्रसाद सिलवाललाई आगामी ४ वर्षका लागि स्वतन्त्र सञ्चालक सदस्य पदमा नियुत्ति हुनु भएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछौं,’ नेप्सेको मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.