धनतेरसको दिन सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ६८ हजार ५ सय

  २०८१ कार्तिक १३ गते १२:२१     विकासन्युज

काठमाडौं । नेपाली बजारमा मंगलबार अर्थात धनतेरसको दिन सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको छ । सोमबार सुन तोलाको १ लाख ६७ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

साथै, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर २ हजार १ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन दुई हजार सात सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.