कुन देशका मानिसले धेरै सेकेन्ड ह्यान्ड कपडा किन्छन् ?

  २०८१ कार्तिक १३ गते १३:०१     विकासन्युज

काठमाडौं । संसारका धेरै देशमा मानिसहरूले आफ्ना पुराना लुगा विशेष ठाउँमा छोड्छन् ताकि खाँचोमा परेकाहरूले तिनीहरूलाई प्रयोग गर्न सकून् । मानिसहरूले छाडेका पुराना कपडा खाँचो परेकाहरूले प्रयोग गर्छन् । पुराना कपडा पनि बेचिन्छन्।

धेरै विकसित देश सेकेन्ड ह्यान्ड कपडा किन्न विकासशील देशभन्दा धेरै अगाडि छन् ।

स्टेटिस्टा कन्सुमर इनसाइटको तथ्यांकअनुसार फिनल्याण्ड यस सूचीमा पहिलो स्थानमा छ । एक सर्वेक्षणका अनुसार यो देशका ३३ प्रतिशत मानिसले पछिल्लो एक वर्षमा सेकेन्ड ह्यान्ड कपडा किनेका थिए ।

त्यसैगरी, युरोपेली देश पोल्याण्डमा पछिल्लाे १२ महिनामा ३३ प्रतिशत मानिसले पुराना कपडा खरिद गरेको बताइएकाे छ । स्वीडेन विश्वका धेरै सूचकहरूमा पहिलो स्थानमा छ । तर, यो देशमा ३० प्रतिशत जनताले पछिल्लो एक वर्षमा पुरानो कपडा किनेकाे सर्भेले जनाएकाे छ ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा ३० प्रतिशत मानिसले सेकेन्ड ह्यान्ड कपडा किनेको स्टेटिस्टा कन्सुमर इनसाइटले जनाएकाे छ । फ्रान्स र बेलायतमा पनि याे चलन चलिरहेकाे छ । विश्वको शीर्ष अर्थतन्त्र भएका यी देशमा २९ प्रतिशत मानिसले पुरानो लुगा किन्ने गरेको जनाइएकाे छ ।

भारतमा गरिएकाे एक सर्वेक्षणमा सहभागी २४ प्रतिशत मानिसले पछिल्लो एक वर्षमा सेकेन्ड ह्यान्ड कपडा किनेको बताएका छन् । यसैगरी, विश्वको तेस्रो र युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा २१ प्रतिशत मानिसले पछिल्लो एक वर्षमा सेकेन्ड ह्यान्ड कपडा किनेको बताएका छन् ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनमा १२ प्रतिशत मानिसले आफूले अरूले लगाएको लुगा लगाइएको बताएका छन् । जापान र दक्षिण कोरियामा १०/१० प्रतिशतले सेकेन्ड ह्यान्ड कपडा किन्ने स्वीकार गरेका छन् ।

नेपालमा पनि कुनैकुनै ठाउँमा सेकेन्ड ह्यान्ड कपडाकाे बिक्री भएकाे पाइन्छ । साथै कपडा ब्यांककाे चलन पनि चलेकाे थियाे  तर काेराेनाकालपश्चात् हराएर गयाे । एजेन्सीहरूकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.