२०८१ कार्तिक १३ गते १५:२१ विकासन्युज
काठमाडौं । देशभर आन्दोलन भइरहेपनि लगानीकर्तामा भने त्यसको प्रभाव नपरेको मंगलबारको पुँजी बजारले देखाएको छ । आज पुँजी बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.७६ प्रतिशत अर्थात् ४६.६९ अंकले बढेर २ हजार ६९२.०५ अंक बिन्दुमा पुगेर बन्द भएको हो ।
आज दिनभरि ३१९ कम्पनीको सेयर खरिदबिक्री हुँदा २२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको सेयर मूल्य घटेको छ । आज यी कम्पनीहरूको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता सेयर ६८ हजार ६१४ पटक खरिदबिक्री हुँदा ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज विभिन्न ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमध्ये सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जीआईसी इन्स्योरेन्स, कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ भने कर्पाेरेट डेलपमेन्ट बैंकको सेयर मूल्य ९.९८ प्रतिशत बढेको छ ।
मंगलबार अधिकांश समूहमा हरियाली छाएको देखिन्छ । बैंकिङ समूह १.६० प्रतिशत, विकास बैंक समूह २.३२ प्रतिशत, फाइनान्स समूह ०.३८ प्रतिशत, होटल तथा पर्यटन समूह २.७७ प्रतिशत, जलविद्युत समूह २.०३ प्रतिशत, जीवन बीमा समूह १.८० प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.९७ प्रतिशत, लघुवित्त समूह १.५० प्रतिशत, म्युचुअल फण्ड समूह १.३३ प्रतिशत, निर्जीवन बीमा समूह ३.६० प्रतिशत, अन्य समूह १.५७ प्रतिशत र व्यापार समूह ०.३५ प्रतिशत बढेको नेप्सेले जनाएको छ ।
आज नेप्सेमा समृद्धि फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको २४ करोड ७१ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यस्तै, पिपुल्स हाइड्रोपावरको १६ करोड ८० लाख रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड २२ लाख रुपैयाँ, जानकी फाइनान्सको १३ करोड ८५ लाख रुपैयाँ र साहस उर्जाको १२ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.