२०८१ कार्तिक १३ गते १६:२७ विकासन्युज
काठमाडौं । एनआइएमबि एस क्यापिटलले धनतेरसको अवसर पारेर ग्राहकहरूका लागि नयाँ अफर लिएर आएको छ । जसअन्तर्गत तीनजना भाग्यशाली विजेताहरूले १ हजार इकाई उपहारस्वरूप पाउनेछन् ।
यसका लागि ग्राहकहरूले एनआइएमबिबाट हितग्राही खाता खोली एसआईपी रजिस्ट्रेशन गर्नुपर्नेछ । कार्तिक १३ गते अर्थात धनतेरसका दिनमा मात्रै आफ्नो पहिलो किस्ता तिर्नुपर्नेछ ।
कार्तिक १३ गते राति ११:५९ बजेसम्म रजिस्ट्रेशन गरेकाेहरू मात्र लक्की ड्रमा पर्ने क्यापिटलले जनाएकाे छ । विजेताहरूको घोषणा कार्तिक १४ गते एनआइएमबि एस क्यापिटलको आधिकारिक फेसबुकमार्फत गरिनेछ ।
एनआइएमबि एस क्यापिटलले योजनाको व्यवस्थापक रही एनआइबिएल म्युचुअल फण्डअन्तर्गत विभिन्न योजना सार्वजनिक गर्दै आएको छ ।
हाल एनआइएमबि एस क्यापिटलले १० अर्ब रुपैयाँभन्दा बढी मूल्यांकन भएका पाँचवटा म्युचुअल फण्डहरूको व्यवस्थापन र लगानी व्यवस्थापन सेवाअन्तर्गत लगानीकर्ताको ६ अर्ब रुपैयाँभन्दा बढी रकमको लगानी व्यवस्थापन गर्दै आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.