२०८१ कार्तिक १३ गते १७:०८ विकासन्युज
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा (नेप्से) ९९ लाख कित्ता सेयर सूचीकृत भएको छ । मंगलबार हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद बापदको ९९ लाख कित्ता सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत साउन २४ गतेदेखि भदौ १२ गतेसम्म चुक्तापुँजी ९९ करोड रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो । हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.