२०८१ कार्तिक १३ गते १८:०६ विकासन्युज
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६ वर्ष यताकै उच्च लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले २५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जुन ६ वर्ष अर्थात आर्थिक वर्ष २०७३/७४ यताकै उच्च हो ।
बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १९ प्रतिशत नगद गरी कुल २५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।
यसअघि बैंकले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा १९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, आव २०७८/७९ मा १६.५१ प्रतिशत, आव २०७७/७८ मा १३.०६ प्रतिशत, आव २०७६/७७ मा ११.८४ प्रतिशत, आव २०७५/७६ मा २२.५ प्रतिशत, आव २०७४/७५ मा १७.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
साथै, बैंकले आव २०७३/७४ मा १०५.२६ प्रतिशत, आव २०७२/७३ मा ३५.०८ प्रतिशत, आव २०७१/७२ मा ४४.२१ प्रतिशत, २०७०/७१ मा ५१.५ प्रतिशत लाभांश वितरण गरेको इतहिास छ ।
यस्तो छ लाभांश इतिहास
Copyright © 2024 Bikash Media Pvt. Ltd.