२०८१ कार्तिक १४ गते ११:१० विकासन्युज
काठमाडाैं । बिन्ध्यवासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले ८ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीले मंसिर ६ गते बिहान ११ बजे साधारण सभा आह्वान गरेको हो छ । कम्पनीको कार्यालय नयाँबानेश्वरमा सभा हुने कम्पनीले जनाएको छ । साधारण सभा प्रयोजनको लागि कार्तिक २८ गते एकदिन बुक क्लोज हुनेछ ।
कार्तिक २७ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउने र लाभांश पाउने छन् ।
सभामा आर्थिक वर्ष २०८०र०८१ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, आव २०८०र०८१ को लखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणमाथि छलफल गरी अनुमोदन गर्ने, चालु आर्थिक वर्षका लागि लखापरीक्षक नियुक्ती र नीजको पारिश्रमिक तोक्ने प्रस्ताव राखेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.