फर्ष्ट माइक्रोफाइनान्सको सीईओमा पुनः पौडेल, निरन्तर लाभांश

  २०८१ कार्तिक १४ गते ११:०५     विकासन्युज

काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः नमुनाथ पौडेल नियुक्त भएका छन् । संस्थाको बुधबार बसेको सञ्चालक समिति बैठकले उनलाई दोहोर्याउने निर्णय गरेको हो ।

कार्यकाल कात्तिक १६ गतेदेखि लागु हुनेछ । उनी चार वर्षका लागि सीईओमा नियुक्त भएका हुन् ।

संस्थाको स्थापनादेखि काम गरिरहेका उनी यसअघि उनी २०७७ कात्तिकमा सो संस्थाको सीईओमा नियुक्त भएका थिए ।

उनको मुख्य व्यावसायिक विशेषज्ञता थोक सूक्ष्म ऋण, जोखिम व्यवस्थापन, रणनीति विकास, संगठनात्मक पुनर्संरचना र व्यवसाय योजना बनाउनमा रहेको छ ।यसअघि एचआईएन नेपाल, इमरिर्जङ नेपाल, ग्लोबल आइएमई बैंक र नेपाल पूर्वाधार विकास बैंकमा काम गरिसकेका उनीसँग नेपाल राष्ट्र बैंकमा पनि काम गरेको अनुभव छ ।

चार्टर्ड एकाउन्टेन्ट समेत रहेका उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस पास गरेका छन् ।

योसँगै फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाले ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । संस्थाले १२ वर्षदेखि नियमित रुपमा लाभांश वितरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.