युनिलिभर नेपालको साधारण सभाबाट लाभांश पारित

  २०८१ कार्तिक १४ गते १२:२२     विकासन्युज

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडकाे ३१औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सोमबार सम्पन्न भएकाे साधारण सभाले सेयरधनीहरूलाई हालसम्मकै उच्च लाभांश पारित गरेकाे हाे ।

कम्पनीकाे सभाले गत वर्षकाे नाफाबाट सेयरधनीहरूलाई १ हजार ७ सय १४  प्रतिशत लाभा‌ंश पारित गरेकाे हाे । जुन हालसम्मकै उच्च लाभांश हाे ।

युनिलिभर नेपालका अध्यक्ष देव बजपाईले कम्पनीको वर्तमान अवस्थासम्म ल्याइपुर्‍याउन सेयरधनीहरूको निरन्तर समर्थनप्रति आभार व्यक्त गरेका थिए । कार्यक्रममा देव बजपाईको प्रारम्भिक सेवानिवृत्तिको पनि घोषणा गरिएकाे थियाे, जसले विगत ४ वर्षमा यूएनएलको नेतृत्व प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.