२०८१ कार्तिक १४ गते १५:४८ विकासन्युज
काठमाडाैं तिहारअघिको अन्तिम कारोबार दिन आज (बुधबार) सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले घटेको छ । आज १४.४३ अंकले घटेर नेप्से सूचक २ हजार ६ सय ७७.६२ बिन्दुमा झरेको छ ।
यस दिन १ करोड २० लाख ६९ हजार ८७८ कित्ता सेयर किनबेचबाट ५ अर्ब ९५ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
आज बजार घटेपनि ४ वटा कम्पनीमा सर्किट लागेको छ ।
गुराँस लघुवित्त वित्तीय संस्था, मिड सोलु हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर र कुथेली बुथेली हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
गुराँस र मिड सोलुको सेयर मूल्य समान १०.१० प्रतिशतले बढ्दा अपर स्याङ्गे र कुथेली बुथेलीको सेयर मूल्य क्रमशः ९.९९ र ९.९८ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी, सानिमा जीआईसी इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य समान ९.९२ प्रतिशतले वृद्धि भएको छ । आज ७५ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.