स्मार्टफोन बजारमा सामसुङको छलाङ, तेस्रो स्थानबाट सिधै पहिलो

  २०८१ कार्तिक १४ गते १६:३८     विकासन्युज

काठमाडौं । दक्षिण कोरियाली सामसुङले भारतीय स्मार्टफोन बजारमा ठूलो फड्को मारेको छ । यो वर्षको दोस्रो त्रैमासमा बजार हिस्साको हिसाबले तेस्रो स्थानमा थियो । तेस्रो त्रैमासमा यो सिधै पहिलो स्थानमा उक्लिएको छ । दाेस्रो स्थानमा भने एप्पल छ । भारतीय स्मार्टफोन बजारमा भीभो तेस्रो नम्बरमा छ । जहाँ पहिलो स्थानमा रहेको शाओमी यसपटक पाँचौं स्थानमा पुगेकाे छ ।

स्मार्टफोन बजारमा रेकर्ड वृद्धि

भारतमा यस वर्षको तेस्रो त्रैमासिक अर्थात जुलाईदेखि सेप्टेम्बर २०२४ सम्मको स्मार्टफोन बिक्रीको तथ्याङ्क काउन्टरपोइन्ट रिसर्चले बुधबार सार्वजनिक गरेको थियो । यस प्रतिवेदनअनुसार यो वर्षको तेस्रो त्रैमासिककाे आधारमा हेर्दा स्मार्टफोनको बजार रेकर्ड १२ प्रतिशतले बढेको छ । यो कुनै एक त्रैमासिकमा भएको उच्च वृद्धि हो । यति मात्र होइन, यो अवधिमा स्मार्टफोनको सिपमेन्ट ३ प्रतिशतले बढेको छ ।

पहिलो स्थानमा सामसुङ

यस प्रतिवेदनका अनुसार तेस्रो त्रैमासिकका दाैरान मूल्यकाे आधारमा बजारमा सामसुङकाे हिस्सा २२.८ प्रतिशत रहेको छ । योसँगै यो बजारको शीर्ष स्थानमा पुगेको हाे । यसभन्दा एक त्रैमासअघि कम्पनी १८ दशमलव १ प्रतिशतको बजार हिस्साका साथ तेस्रो स्थानमा थियो ।

तेस्रो त्रैमासिकमा एप्पल २१.६ प्रतिशतकाे साथ दोस्रो स्थानमा छ । सोही वर्षको दोस्रो त्रैमासमा एप्पल पाँचौं स्थानमा पनि थिएन । भीभो १५.५ प्रतिशतको बजार हिस्साका साथ तेस्रो र ओप्पो १०.८ प्रतिशतको बजार हिस्साका साथ चौथो स्थानमा रहेको छ ।

साओमीलाई ठूलो झट्का

भारतीय स्मार्टफोन बजारमा साओमीको दबदबा समाप्त हुँदै गएको देखिन्छ । यस वर्षको दोस्रो त्रैमासमा साओमी एक नम्बरमा थियो । त्यतिबेला यसको बजार हिस्सा १८.९ प्रतिशतमात्रै थियो । तेस्रो त्रैमासिकमा साओमीको बजार हिस्सा ८.७ प्रतिशत मात्रै रहेको छ । योसँगै कम्पनी पाँचौं स्थानमा झरेको छ । यो त्रैमासमा अन्य स्मार्टफोन कम्पनीको बजार हिस्सा २०.५ प्रतिशत रहेको छ ।

स्मार्टफोनमा फाइभ-जीको गरिमा

तेस्रो त्रैमासमा फाइभ-जी स्मार्टफोनले सबैलाई पराजित गरेको छ । यसले कुल ढुवानीमा ८१ प्रतिशतको अहिलेसम्मकै उच्च अंश हासिल गरेको छ । बजारलाई आकर्षक ईएमआई अफर र ट्रेड-इनले समर्थन गरिरहेको विश्लेषकहरू बताउँछन् । (एजेन्सीहरूकाे सहयाेगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.