२०८१ कार्तिक १४ गते १६:११ विकासन्युज
काठमाडाैं । चालु आर्थिक वर्षको ३ महिनामा ३ अर्ब रुपैयाँ बढीको बीमा पोलिसी सरेण्डर भएको छ । २८ हजार जना बीमितकाे ३ अर्ब ८२ करोड ४६ लाख रुपैयाँ बढीको बीमा पोलिसी सरेण्डर भएको हो ।
जसमध्ये सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कर्पाेरेशन(एलआईसी) नेपालबाट भएको छ । एलआईसी नेपालबाट ९ हजार ९३१ जना बीमितले १ अर्ब २२ करोड ९६ लाख रुपैयाँ बढीको बीमा पोलिसी सरेण्डर गरेका छन् । यसैगरी, नेपाल लाइफका ६ हजार ५४६ जना बीमितले १ अर्ब ८ करोड ५४ लाख रुपैयाँ बढीको बीमा पोलिसी सरेण्डर गरेका छन् ।
राष्ट्रिय जीवन बीमा कम्पनीबाट २ हजार ७४३ जनाले २७ करोड ४३ लाख, नेशनल लाइफबाट १ हजार ५५४ जनाले २३ करोड ६२ लाख, एशियन लाइफका २ हजार २७२ जना बीमितले २४ करोड ८४ लाख, हिमालयन लाइफका २ हजार १४ जना बीमितले १८ करोड २३ लाख र सूर्य ज्योति लाइफका १ हजार ५ सय ७४ जनाले १९ करोड ३३ लाख रुपैयाँ बढीको बीमा पोलिसी सरेण्डर गरेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.