साफ महिला च्याम्पियनसिप : भरिभराउ रंगाशाला, ठाउँ-ठाउँमा प्रत्यक्ष प्रसारण

  २०८१ कार्तिक १४ गते १९:३२     विकासन्युज

काठमाडौं । अहिले नेपाल र बंगलादेशबीच साफ वुमेन्स च्याम्पियनसिपको फाइनल खेल हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंखेल भइरहेको । अहिले खलको पहिलो हाफ सकिएको छ भने दोस्रो हाफ केही समयपछि सुरु हुनेछ ।

खेलाडीको हौसला बढाउन प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशाला पुगेका छन् । रंगशालामा आज साँझ साढे ६ बजेदेखि खेल सुरू भएको हो।त्यस्तै, दर्शकहरू पनि खेलाडीको हौसला बढाउन नेपालको झन्डा र जर्सी लगाएर रंगशाला पुगेका छन् । दर्शकहरुले रंगशाला भरिभराउ छ भने काठमाडौं लगायतका विभिन्न सहरमा प्रत्यक्ष प्रसारण पनि भइरहेको छ ।

पोखराको पृथ्वीचोकमा रहेको डिजिटल डिस्प्ले बोर्डमा आज नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिपको फाइनल खेलको प्रत्यक्ष प्रसारण हेर्दै सर्वसाधारण । तस्बिर :जमुनावर्षा शर्मा/रासस

खेल हेर्नका लागि टिकट नपाएका सर्वसाधारणका लागि काठमाडौं महानगरपालिकाले विभिन्न ठाउँमा प्रत्यक्ष प्रसारण देखाएकाे छ । महानगरले टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गरिरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.