नेपालले इङ्ल्याण्डलाई ६ विकेटले हरायो

  २०८१ कार्तिक १६ गते १०:३४     विकासन्युज

काठमाडौं । नेपालले ‘हङ्कङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्याण्डलाई ६ विकेटले पराजित गरेको छ । हङ्कङको मोङ ककमा आज भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले ४‍.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।

नेपाली टोलीका कप्तान सन्दीप जोराले सर्वाधिक ५० रनको योगदान दिए । उनले १२ बलमा ४ चौका र ६ छक्काको सहयोगमा सर्वाधिक ५० रन बनाएका हुन् ।

त्यसैगरी लोकेश बमले ११ बलमा एक चौका र दुई छक्काको सहयोगमा २० रन बनाए । राशिद खानले पाँच बलमा दुई चौका र दुई छक्काको सहयोगमा २१ रन जोडे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङल्याण्डले पाँच दशमलव ५ ओभरमा छ विकेट गुमाएर ९७ रन बनाएको थियो ।

इङल्याण्डका लागि कप्तान रवि भोपाराले १२ बलमा एक चौका र सात छक्काको सहयोगमा ४९ रन जोडे । स्मिथ पटेलले १७ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ३९ रन बनाए । नेपालका प्रतिश जिसीले दुई विकेट लिए भने नारायण जोशी, लोकेश बम र विवेक यादवले समान एक-एक विकेट लिए । नेपालले भोलि अष्ट्रेलियासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.