२०८१ कार्तिक १६ गते १५:३४ विकासन्युज
काठमाडौं । भन्ने गरिन्छ कि कसैको मन खुसी बनायो भने उसले जे पनि उपहार दिनसक्छ । पञ्जाबका एक व्यापारी गुरदीप देव बाथले पनि यस्तै गरेका छन् । हो, उनले पञ्जाबको जिरकपुरमा आफ्नो हवेली बनाइरहेका थिए । ठेकेदारले लगनशीलताका साथ समयमै गुणस्तरीय रूपमा काम सम्पन्न गरे । जब बाथले आफ्नो हवेली देखे तब उनको मन खुसीले भरियो । त्यसपछि उनले ठेकेदारलाई एक करोड भारु (एक करोड साठी लाख रुपैयाँ) को रोलेक्स घडी उपहारस्वरूप दिए ।
एनडीटीभीको रिपोर्टअनुसार गुरदीप देव बाथले पञ्जाबको जिरकपुरमा नौ एकड क्षेत्रफलमा आफ्नो हवेली बनाइरहेका थिए । यसलाई हवेली नभई सानो किल्ला पनि भन्न सकिन्छ । बनाउने जिम्मा राजिन्दर सिंह रुपरालाई दिइएको थियो । उनले दुई वर्षमा परम्परागत राजस्थानी शैलीमा हवेली निर्माण गरेका थिए । यो किल्ला देखेपछि गुरदीप सिंह चकित भए ।
गुरदीप सिंह बाथले पञ्जाबको शाहकोट निवासी ठेकेदार राजिन्दर सिंहलाई रोलेक्स घडी उपहार दिए । यो घडी ( रोलेक्स ओलिस्टर पर्पेटुअल स्काई ड्वेलर) १८ क्यारेट गोल्डमा बनेको छ । यसको मूल्य एक करोड ६० लाख रुपैयाँ छ, जुन संसारभरका धनीहरूले मात्र लगाउन सक्छन् ।
दुई वर्षमा आयोजना सम्पन्न
जिरकपुरमा बनेको गुरदीप सिंहको विशाल हवेली बनाउन दुई वर्ष लागेको थियो । दैनिक २०० भन्दा बढी मजदुर हवेली बनाउने काममा लागेका थिए । यो घर मात्र नभई भव्यताको प्रतीक भएको गुरदीप बताउँछन् ।
रिपोर्टका अनुसार गुरदीप सिंहको यस परियोजनाका वास्तुकार रणजोध सिंह हुन् । यस हवेलीमा विशाल हल, बगैंचा र धेरै वास्तुकला तत्व समावेश छन् । यति ठूलो र परिष्कृत परियोजनामा काम गर्नु चुनौतीपूर्ण र रोमाञ्चक भएको उनको भनाइ छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.