नेपाल संवत् ११४५ प्रारम्भमा शुभकामना र्‍याली (तस्बिरहरू)

  २०८१ कार्तिक १७ गते १४:१७     विकासन्युज

नेपाल सम्वत ११४५ को अवसरमा शनिबार बेनीमा नेपाल भाषा मङ्का खःल म्याग्दीले आयोजना गरेको झाँकी सहितको र्‍यालीमा मौलिक पोषाकमा सजिएका नेवार समुदाय ।

काठमाडौं । नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा आज राजधानीसहित देशभरका मुख्य सहरमा शुभकामना र्‍याली निकालिएको छ । विविध सांस्कृतिक झाँकीसहित विभिन्न कार्यक्रमका साथ ‘न्हुँदया भिन्तुना’ भन्दै कतै मोटरसाइकल, कतै साइकल तथा कतै पैदलयात्रामा र्‍याली निकालिएको हो ।

राजधानीका विभिन्न स्थानमा अहिले निकालिएको ¥यालीले सहर परिक्रमा गरिरहेको छ । र्‍यालीमा बालकदेखि वृद्धसम्म सांस्कृतिक वेषभुषामा खुसी साट्दै हिँडेको देखिन्छ ।

नेपाल सम्वत् ११४५ को अवसरमा शनिबार बेँसीसहर बजारमा नेवाः खल लमजुङद्वारा आयोजित र्‍यालीमा नेवार संस्कृतिसँग आधारित टाकटुके नाच्दै । 

नेपाल संवत्लाई हाल विशेष रुपमा नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।

‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशका नामबाट राखिएकाले यो मौलिक संवत् हो,’ उनले भने ।

नेपाल संवत् ११४५ समारोह समिति वीरगञ्जले शनिबार वीरगञ्जमा न्हुँ दयाँ भिन्तुनाको अवसरमा निकालेको पदयात्रा कार्यक्रम । 

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर, चौतारालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै विसं २०५६ को नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

नेपाल संवत् ११४५ नव वर्षको अवसरमा नेवाः देय दबु संखुवासभाले खांदबारीमा शनिबार बिहान आयोजना गरेको शान्ति पदयात्रामा धिमेबाजा बजाउँदै स्थानीय युवाक युवती ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्दगरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परासमेत काठमाडौंमा अझै छ ।

यही परम्पराअनुसार शुक्रबार बही खाता बन्द गरेका काठमाडौं उपत्यकाका नेवार समुदायले आजदेखि नयाँ बही खाता खेल्दैछन् । यसरी नेवार समुदायले नेपाल संवत्को नयाँ वर्ष मनाउँदैछन् । गत वर्षदेखि नै नेपाल संवत्लाई सरकारी कागजातमा अनिवार्य रुपमा उल्लेख गर्न थालिएको छ ।

नेपाल संवत् ११४५ नव वर्षको अवसरमा नेवाः देय दबु संखुवासभाले सदरमुकाम खांदबारीमा शनिबार बिहान आयोजना गरेको शुभकामना पदयात्रामा सहभागी । 

नेपाल संवत् ११४५ का अवसरमा काठमाडौँको जयवागश्वरी क्षेत्रमा आयोजित भिन्तुना पदयात्राको समुद्धाटन गर्दै नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा । 

नेपाल संवत् ११४५ को अवसरमा शनिबार सुर्खेतको वीरेन्द्रनगरमा नेवाः देय् दबु सुर्खेत आयोजना गरेको भिन्तुना पदयात्रामा धिमे बाजा बजाउँदै नेवार समुदाय। 

 नेपाल संवत् न्हुद राष्ट्रिय समारोह समितिद्वारा शनिबार वसन्तपुरमा आयोजित न्हुँ द ११४५ या सलताया भिन्तुना सभाका सहभागी नेवारी समुदाय। 

नेपाल संवत् न्हुद राष्ट्रिय समारोह समितिद्वारा शनिबार वसन्तपुरमा आयोजित न्हुँ द ११४५ या सलताया भिन्तुना सभाका सहभागी नेवारी समुदाय। 

नेपाल संवत ११४५को अवसरमा नेवाः देय दबु गुठी समन्वय समिति व्यास नगरले शनिबार तनहुँ सदरमुकाम दमौलीमा निकालेको पदयात्रामा लाखे नाच प्रस्तुत गरिँदै । 

नेपाल संवत ११४५ को अवसरमा नेवाः देय दवु गुठी समन्वय समिति व्यास नगरले शनिबार तनहुँ सदरमुकाम दमौलीमा निकालेको पदयात्रामा सहभागी नेवार समुदाय ।

पाल संवत् ११४५ को अवसरमा शनिबार सुर्खेतको वीरेन्द्रनगरमा नेवाः देय् दबु सुर्खेत आयोजना गरेको पदयात्रामा मौलिक पोसाकमा सजिएका नेवार समुदाय । 

नेपाल संवत् ११४५ को अवसरमा बेँसीसहर नेवाः खल लमजुङद्वारा बेँसीसहर नगरपालिका–७ स्थित लमजुङ उद्योग वाणिज्य सङ्घको सभाहलमा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्तव्य राख्दै बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.