रिलायबल नेपाल लाइफको डीसीईओमा तिवारी चयन

  २०८१ कार्तिक १८ गते ११:१५     विकासन्युज

काठमाडाैं । रिलायबल नेपाल लाइफको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपेशबाबु तिवारी चयन भएका छन् । कम्पनीको वरिष्ठ सहायक महाप्रबन्धक रहेका तिवारीलाई सञ्चालक समितिले डीसीईओमा चयन गरेको हो ।

कार्तिक एक गतेदेखि कम्पनी सचिवको जिम्मेवारीसमेत पाएका तिवारीसँग बैंकिङ र बीमा क्षेत्रको करिब दुई दशकको अनुभव रहेको छ । एमबीए र अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका तिवारी व्यवस्थापनमा अब्बल मानिन्छन् ।

उनले फाइनान्स कम्पनीबाट आफ्नो करिअर सुरुआवत गरेका थिए । पछि उनी बीमा क्षेत्रमा प्रवेश गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.