२०८१ कार्तिक २० गते १०:५२ विकासन्युज
काठमाडौं । लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले १८औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको कात्तिक १४ गते बसेको बैठकले मंसिर २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान १० बजे साधारण सभा बोलाएको हो ।
बैंकको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँको ५.५ प्रतिशत बोनस सेयर प्रस्ताव पारित गर्नेछ ।
लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर ९ गते एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर ६ गतेसम्म कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.