२०८१ कार्तिक २१ गते ९:४१ विकासन्युज
अहिले उनलाई तत्कालीन समयमा आफूले लिएको निर्णय सही भएको लागेको छ । तत्कालीन समयदेखि भुइँकटहर खेतीकोमा लागेका उनले यसैबाट मनग्गे आम्दानी गरिरहेका छन् ।
हाल उनले एक विघामा भुइँकटहर लगाएका छन् । यसबाट वार्षिक १५ लाख रुपैयाँ आम्दानी हुने गरेको उनले सुनाए । वार्षिक एक लाख रुपैयाँ खर्च खर्च कटाउँदा १४ लाख रुपैयाँसम्म सजिलै बचाउन सकिने उनको भनाइ छ ।
उनले भने, ‘भुइँकटहरको माग राम्रो छ बजारमा भनेको मूल्य पनि पाइन्छ । गत वर्षभन्दा अझ केही विरुवा थप गरेको छु अर्को वर्ष आम्दानीमा अझै बढ्छ ।’
उनका अनुसार भुइँकटहरको खेतीमा वर्षपिच्छे ठूलो मेहनत पनि चाहिन्न । वर्षमा एक पटक गोडमेल गर्दा पनि राम्रो आम्दानी लिन सकिन्छ । उनले भुइँकटहर प्रतिगोटा एक सयदेखि एकसय ५० रुपैयाँसम्म बिक्री गर्दै आएका छन् । भुइँकटहर लिन कतिपय व्यापारीहरु फर्ममै आइपुग्ने उनको भनाइ छ ।
अहिले सुनसरीको बराहक्षेत्रमा भुइकटरको खेती गर्ने किसानको सङ्ख्या सीमित भएकाले बिक्रीका लागि समस्या नभएको उनले सुनाए । उनका अनुसार विरुवा बिक्रीबाट मात्रै वार्षिक एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।
उनले एउटा विरुवालाई १० देखि २० सम्म रुपैयाँमा बिक्री गर्दै आएका छन् । उनको व्यावसायिक भुइँकटहरका लागि नगरपालिकाले अनुदान स्वरुप ७७ हजार रुपैयाँ उपलब्ध गराइसकेको छ । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.