२०८१ कार्तिक २१ गते १३:०८ विकासन्युज
काठमाडौं । अमेरिकाको राष्ट्रपतिय निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प जित नजिक पुगेका छन् । ट्रम्प जितभन्दा केवल ३४ सिट टाढा छन् । उनले ५ सय ३८ मध्ये २ सय ४६ सिटमा जित हासिल गरेका छन् ।
४१ राज्यको नतिजा हेर्दा २६ राज्यमा ट्रम्प र उनका प्रतिस्पर्धी कमला ह्यारिसले १५ राज्यमा अग्रता बनाएका छन् ।
यता ह्यारिसले २ सय १० सिटमा अग्रता बनाएकी छन् । दुई उम्मदवारबीच केवल ३६ सिटको फरक छ ।
ह्यारिस डेमोक्र्याटिक पार्टीकाे उम्मेदवार हुन् भने ट्रम्प रिपब्लिकन पार्टीका उम्मेदवार हुन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.