कोशी प्रदेशका मन्त्री अधिकारीले दिए राजीनामा

  २०८१ कार्तिक २१ गते १४:४७     विकासन्युज

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

केही दिन अघि प्रदेश सरकारको स्वीकृति नलिइकन विदेश गएका मन्त्री अधिकारीको आलोचना भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिएको बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

मन्त्री अधिकारी गत जेठ ४ गते प्रदेशको मन्त्रीमा नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.