तपाईंको पेट लगातार दुखिरहन्छ ? यी हुन सक्छन् रोग

  २०८१ कार्तिक २२ गते ११:११     विकासन्युज

सांकेतिक तस्बिर ।

काठमाडौं । तपाईंले आफ्नो खानपानमा कत्तिको ध्यान दिनुहुन्छ ? के थाहा छ ? तपाईंका सबै समस्याको सुरुवात खानपानबाटै हुन्छ । छैन भने अब ध्यान दिनूहोस् । यदि तपाईंको खाने बानी राम्रो छ भने तपाईं स्वस्थ हुनुहुन्छ । तर तपाईंलाई खाना पचाउन समस्या छ र लगातार पेट दुखिरहन्छ भने तपाईं पाचन विकारको शिकार हुन सक्नुहुन्छ । तपाईंको पाचन प्रणालीले खानालाई टुक्राटुक्रा पार्छ र ऊर्जाको रूपमा प्रयोग गर्दछ ताकि तपाईंको खाना पचाउन सकियोस् । यस प्रक्रियालाई पाचन भनिन्छ । तर जब तपाईं राम्रोसँग खानुहुन्न वा तपाईंको पाचन प्रणालीले राम्रोसँग काम गर्दैन भने तपाईं पाचन विकारबाट ग्रस्त हुन सक्नुहुन्छ ।

यदि तपाईंको खाना ठीकसँग पचिरहेको छैन भने तपाईं आफैले थाहा पाउनुहुनेछ, तर तपाईंलाई कुनै पनि विकार छ भने केही लक्षणहरू हेरेर थाहा पाउन सक्नुहुन्छ । जस्तै- पेट राम्रोसँग सफा नहुनु र सधैं पेट खराब हुनु, दिशामा रगत देखियाे भने पाचनमा गडबड भएको थाहा पाउन सकिन्छ । तपाईंले जीवनशैलीमा परिवर्तन गरेर यी समस्याहरूलाई निको पार्न सक्नुहुन्छ । अझै पनि राहत महसुस गर्नुभएन भने तपाईंले चिकित्सकको सल्लाह लिनुपर्छ । आउनूहोस् पाचनसम्बन्धी समस्या भयो भने कस्ता रोगहरू देखिन्छन् ? यस बारेमा जानौं ।

इरिटेबल बोवेल सिन्ड्रोम (आइबीएस)

इरिटेबल बोवेल सिन्ड्रोम भनेको पेट र आन्द्रामा समस्या हुने एक प्रकारको दीर्घकालीन (क्रोनिक) पाचन प्रणालीसम्बन्धी विकार हो । यो अवस्थामा आन्द्रामा नियमित काम बिग्रिएर पेट दुख्ने, फुल्ने, अपच हुने र पाचन प्रणालीमा गडबडी हुने गर्दछ । जसका कारण पेट दुख्ने, अपच हुने, ग्यास भरिने हुन्छ ।

गालस्टोन्स

पित्त थैली पाचन प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्ने एक सानो थैली हो, जुन कलेजोको मुनि हुन्छ । पित्त थैलीले कलेजोबाट आउने पित्त संकलन गरेर पाचन प्रक्रिया सुचारु राख्छ । तर कहिलेकाहीं पित्तमा हुने पदार्थहरू जमेर ढुंगाजस्तो कडा पदार्थ बन्छन्, जसलाई गालस्टोन भनिन्छ ।

कोइलिएक रोग

यो रोगको लक्षण व्यक्तिअनुसार फरक-फरक हुन्छ । यसले पाचनसम्बन्धी समस्या जस्तै पेट दुख्ने, फुल्ने, बान्ता आउने, पखाला लाग्ने वा कब्जियत हन्छ । पोषक तत्वहरू शरीरले राम्रोसँग नलिएकाले गर्दा थकान महसुस हन्छ । सानो आन्द्राले पोषण तत्वहरू अवशोषण गर्न नसक्दा तौल घट्ने समस्या हुन्छ ।

क्रोहन रोग

क्रोहन रोग भनेको एक प्रकारको क्रोनिक (दीर्घकालीन) पाचनसम्बन्धी विकार हो, जसमा पाचन प्रणालीको कुनै पनि भाग (मुखदेखि मलद्वारसम्म) मा हुने सुजन र घाउ मुख्य लक्षण हुन् । यसले विशेष गरी सानो आन्द्रा र ठूलो आन्द्रामा बढी असर गर्छ । क्रोहन रोग इन्फ्लामेटोरी बाेवेल डिजिज (आईबीडी) का दुई मुख्य प्रकारहरूमध्ये एक हो, अर्को प्रकार अल्सरेटिभ कोलाइटिस हो ।

लक्षण

सबैभन्दा साधारण पाचन विकारको लक्षण लगभग समान हुन्छन् । जसमा पेट खराब हुने र अक्सर पेट दुख्ने भइरहन्छ । यसका साथै कब्जियत हुने वा पखाला लाग्ने पनि हुन सक्छ । यसबाहेक ग्यास हुनु, अपचको महसुस हुनु, पेट फुल्नु, दिशामा सेतो पदार्थ देखिनुजस्ता अन्य धेरै लक्षण देखिन्छन् ।

कस्तो अवस्थामा चिकित्सक कहाँ जानुपर्छ ?

यदि तपाईंका लक्षणहरू घट्नुको सट्टा झन् बढ्दै जान्छ र तपाईंलाई कडा पेट दुखाइको अनुभव हुन्छ भने यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनुपर्छ । पेटबाट जहिले पनि कुनै किसिमको आवाज आउने वा सार्वजनिक रूपमा लाजमर्दो क्षणको सामना गर्नुपरेमा ढिलो नगरी चिकित्सककहाँ जानुपर्छ । यस्तो अवस्थामा हामी घरमै बस्यौं अथवा चिकित्सकको सल्लाह लिएनौं भने पछि जटिल समस्या निम्त्याउन सक्छ ।

कारणहरू

पाचन गडबडीको पछाडि धेरै कारणहरू हुन सक्छन् । जसमध्ये मुख्य भनेको तपाईंको आहार हो । यदि तपाईं कम फाइबरयुक्त आहार खानुहुन्छ भने तपाईंले पाचनसम्बन्धी समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ । यसबाहेक, अत्यधिक क्याफिन, कार्बोनेटेड पेयपदार्थ र जंक फूडको सेवन गर्नुहुन्छ भने तपाईंले यो अवस्थाको सामना गर्नुपर्ने हुन सक्छ । यदि तपाईंको पाचन प्रणालीमा कुनै प्रकारको अवरोध छ भने पनि यो समस्याको कारण हुन सक्छ । यो समस्या अक्सर गर्भावस्थाको समयमा देखिन्छ ।

उपचार

यदि तपाईंको समस्या सामान्य छ र कुनै गम्भीर लक्षणहरू देखिएन भने लक्षणहरू व्यवस्थापन गर्न तपाईंले आफ्नो जीवनशैलीलाई स्वस्थ बनाउन प्रयास गर्नुपर्छ । यसका लागि आफ्नो आहारमा फलफूल र तरकारीहरू समावेश गर्नुपर्छ । अन्य फाइबरयुक्त खानाहरू खानुपर्छ । यदि तपाईंको लक्षणहरू गम्भीर छन् भने तपाईंले चिकित्सकलाई भेट्नुपर्छ र औषधी लिन सुरु गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.