२०८१ कार्तिक २२ गते १५:४३ विकासन्युज
काठमाडौं । डोटीको राजपुरस्थित सुजङ अस्पतालका तीनजना डाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खेल्ने क्रममा लडेर हात भाँच्चिएर घाइते भएकी बालिका उपचारका लागि अस्पताल पुग्दा मृत्यु भएपछि प्रहरीले उपचारमा संलग्न डा. पक्राउ गरेको जनाइएको छ ।
दिपायल–सिलगढी नगरपालिका–३ दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भएको हो । सामान्य उपचारपछि बुधवार राति करिब ८ बजे शल्यक्रियाका लागि बालिकालाई बेहोस गर्ने क्रममा औषधीले रियाक्सन गरी मृत्यु भएपछि बालिकाका आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले उपचारमा संलग्न ३ जना चिकित्सकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । डा. राजमणि यादव, डाक्टर सुरेन्द्रकुमार चौधरी र डाक्टर अभिषेक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार बालिकाको शव हाल अस्पतालमै छ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.