दराज ११.११ को आयोजना हुँदै, ८० प्रतिशसम्म छुट

  २०८१ कार्तिक २२ गते १६:५४     विकासन्युज

काठमाडौं । दराजले सेल दराज ११.११ को आयोजना गर्दैछ । नेपालमा वर्षकै ठूलो सेलका रूपमा परिचित दराज ११.११ यस वर्ष नोभेम्बर ११ देखि २१ (कार्तिक २६ देखि मंसिर ६ गते) सम्म आयोजना हुने भएको छ ।

कम्पनीअनुसार यस सेलमा ८० प्रतिशसम्म छुट हुने भएको छ । साथै, देशभर निःशुल्क डेलिभरी सुविधा र ३ करोड रुपैयाँसम्मका भौचरहरू लगायत सुविधाहरू समेत उपलब्ध हुनेछन् ।

दराजले १० वटा बैंक र २ वटा वालेट पार्टनरहरूसँग मिलेर ११.११ सेलमा प्रिपेमेन्टमार्फत २ हजार ५०० रुपैयाँसम्मको छुट प्रदान गर्ने व्यवस्था पनि गरेको छ ।

यी बैंकका डेबिट कार्डहरू मार्फत डिजिटल प्रिपेमेन्ट गर्दा ग्राहकहरूले १५ प्रतिशत छुट, अधिकतम २ हजार रुपैयाँसम्म प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ । साथै, क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले २० प्रतिशत छुट, अधिकतम २५०० रुपैयाँसम्म प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

ग्राहकहरू नबिल बैंक, हिमालयन बैंक, सनिमा बैंक, एभरेस्ट बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, ज्योति विकास बैंक, र महालक्ष्मी विकास बैंकका डेबिट कार्डमार्फत डिजिटल प्रिपेमेन्ट गर्दा ग्राहकहरूले १५ प्रतिशत छुट, अधिकतम २ हजार रुपैयाँसम्म प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ ।

साथै, क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २० प्रतिशत छुट, अधिकतम २ हजार ५०० रुपैयाँसम्म प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, आफ्नो ई–सेवा र आईएमई पे वालेटमार्फत प्रिपेमेन्ट गर्ने ग्राहकहरूले पनि दराज ११.११ को विभिन्न समयमा छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, यस अभियानमार्फत दैनिक रुपमा ११ रुपैयाँ, १११ रुपैयाँ र ११११ रुपैयाँका डिलहरू पनि सेलमा रहनेछन् । खरिदकर्ताहरूले ६९९ रुपैयाँ, ९९९ रुपैयाँ, १९९९ रुपैयाँ र २९९९ रुपैयाँभन्दा कममा उत्कृष्ट डिल्स पाउन सक्नेछन् ।

साथै, दराज ११.११ सेल अवधिभर कम्तिमा ३५०० रुपैयाँको सामग्री खरिद गर्ने एक भाग्यशाली खरिदकर्ताले प्यानासोनिकको ३५०००० रुपैयाँ मूल्य बराबरको घरायसी सामग्रीको सेट जित्न सक्नेछन् ।

थप पाँच जना ग्राहकहरूले कामाख्या डेकोर, बागमती प्लास्टिक्स, सेटाफिल, मामाअर्थ, र जिना अल्केमीका तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरू पनि जित्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.