२०८१ कार्तिक २३ गते ११:१७ विकासन्युज
काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा दोस्रो कार्यकाल सुरु गर्न लागेका छन् । उनले अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेका हुन् ।
ब्लुमबर्गका अनुसार ६.४९ बिलियन डलरको अनुमानित नेटवर्थका साथ ट्रम्प अहिलेसम्मकै धनी राष्ट्रपतिमध्ये एक हुन् । १.५ प्रतिशतले गिरावट आए पनि ट्रम्पको सम्पत्ति यस वर्ष ३.४ बिलियन डलरले बढेको छ । यो ११० प्रतिशतको वृद्धि हो ।
राष्ट्रपति निर्वाचित भएपछि ट्रम्पले वार्षिक ४ लाख डलर तलब पाउनेछन् । राजनीतिक करिअरबाहेक ट्रम्पको अधिकांश सम्पत्ति घर जग्गाबाट आउँछ । यसमा ट्रम्प टावर र अमेरिकाको १,२९० एभिन्यूको हिस्सा समावेश छ । उनको ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुपमा पनि सेयर छ । यसले सेयरको मूल्यमा उल्लेखनीय उतारचढाव अनुभव गरेको छ । उनको नेट वर्थ जुलाई २०२४ देखि द्रुत गतिमा बढिरहेको छ ।
विजयपछि कम्पनीमा सेयर बढ्यो
ट्रम्पको विजयपछि ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुपले सेयरको मूल्य बढेको देखाएको छ । उनी डीजेटी ब्रान्डअन्तर्गत सामाजिक मिडिया प्लेटफर्म त्रुथको मालिकसमेत हुन् ।
ट्रम्पको नेट वर्थ धेरै हदसम्म उनको कम्पनीको सेयरको अस्थिरतासँग जोडिएको छ । २०२४ मा ट्रम्प फोर्ब्सको ‘अमेरिकाका ४०० धनी व्यक्ति’ को सूचीमा ४.३ बिलियन डलरको कुल सम्पत्तिको साथ ३१९ औं स्थानमा थिए । यो मुख्यतया उनको घरजग्गा काराेबारबाट थियो । यसमा गोल्फ कोर्स र होटल पनि समावेश थियो ।
कहाँबाट आउँछ यति धेरै पैसा ?
घरजग्गाबाहेक ट्रम्पको सम्पत्तिमा वाइनरी, क्रिप्टोकरेन्सी, सुनलगायतका वस्तुहरू र १९९१ को बोइङ ७५७ ‘ट्रम्प फोर्स वन’ समावेश छन् ।
अगस्टको वित्तीय खुलासाले ट्रम्पले रियल स्टेट र विभिन्न उद्यमहरूमार्फत ६३५ मिलियन डजर सम्पत्ति जम्मा गरेको देखाउँछ । सुनको छडमा दुई लाख ५० हजार डलर र क्रिप्टोकरन्सीहरूमा एक मिलियन छ ।
तिनीहरूको मार-ए-लागो रिसोर्टले गत वर्षको तुलनामा ४. ६ मिलियन डलर राजस्व वृद्धि गरेको छ । ट्रम्पकी श्रीमती मेलानिया ट्रम्पले पनि उनको आम्दानीमा योगदान दिएकी छिन् । ( एजेन्सीहरूकाे सहयाेगमा)
यो पनि- ट्रम्पको अर्थ नीति : यी तीन शीर्षकमा कर नलाग्ने, भन्सार शुल्क बढाउनेदेखि ब्याजदर घटाउनेसम्म
Copyright © 2024 Bikash Media Pvt. Ltd.