बाढीको क्षतिले साढे १० अर्बको दाबी, ४ कम्पनीलाई ६० प्रतिशत भार

  २०८१ कार्तिक २३ गते १४:५२     विकासन्युज

काठमाडाैं । असोजको दोस्रो साता आएको अविरल वर्षाले काठमाडौं उपत्यकासहित देशका विभिन्न भू-भागमा ठूलो धनजनको क्षति गर्‍यो । अविरल वर्षसँगै आएको बाढी-पहिरोले अरबौंको क्षति गरेको थियो ।

जसमध्ये बीमा कम्पनीहरूमा हालसम्म साढे १० अर्ब बढी रुपैयाँको दाबी पेस भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार असोज २० गतेसम्म बीमा कम्पनीहरूमा १० अर्ब ५३ करोड २७ लाख रुपैयाँको दाबी पेश भएको हाे । जसमध्ये बीमा कम्पनीहरूले ४७ करोड ११ लाख रुपैयाँ दाबी भुक्तानी दिइसकेका छन् ।

साढे १० अर्बको दाबी पेस हुँदा ४ कम्पनीमा अत्यधिक भार पर्ने देखिएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, दि ओरिएन्टल नेपाल, शिखर इन्स्योरेन्स र नेको इन्स्योरेन्स १ अर्ब रुपैयाँ भन्दा बढीको दरले दाबी पेश भएको छ ।

सिद्धार्थ प्रिमियरमा २ अर्ब ५६ करोड १५ लाख रुपैयाँको दाबी पेश हुँदा ओरिएन्टलमा १ अर्ब ५० करोड ७ लाख, शिखरमा १ अर्ब ३ कराेड ९४ लाख र नेकोमा १ अर्ब २ करोड ४६ लाख रुपैयाँको लागि दाबी पेश भएको छ ।

उक्त ४ कम्पनीमा ६ अर्ब १३ करोड रुपैयाँभन्दा धेरैको दाबी परेको छ । जुन कुल दाबी रकमको ५८.२३ प्रतिशत हो ।

हालसम्म ४७ करोड ११ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ, जसमध्ये सबैभन्दा धेरै शिखरले भुक्तानी गरेको छ । शिखरले २५ करोड १९ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ भने सिद्धार्थ प्रिमियरले ७ करोड ६७ लाख, नेकोले २ करोड २३ लाख, हिमालय एभरेष्टले ३ करोड ५५ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ करोड ३८ लाख, आईजीआई प्रुडेन्सियलले १ करोड २५ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.